Logo
Logo

जब माधवले ‘प्रतिगमनका मतियारहरू यहाँ किन बस्नुपर्यो ?’ भने…


दृष्टि संवाददाता


काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा चर्काचर्की परेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदलाई प्रतिगमनको मतियार भएर समितिमा किन बस्नु पर्यो भन्दै प्रश्न गरेका छन् ।

बैठकमा सहभागि सत्तापक्षका सांसद र ओली पक्षका सांसदबीच चर्काचर्की भएपछि कुटपिट नै हुने अवस्था समेत सृजना भएको थियो । तर कुटपिट भने भएन् । ओली पक्षका सांसद नारदमुनी रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न नेपालले चेतावनी दिए ।

प्रतिनिधिसभा पुनर्स्थापनाका साथै नेपाल समुहका सांसदहरूको व्यवहारप्रति रानाले आपत्ति जनाएपछि नेपालले उनलाई प्रतिगमनको मतियार भएर नबस्न चेतावनी दिए । नेपालको भनाइ थियो, ‘प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस् । राजीनामा दिनुस्, निस्कनुस् ।’

रानाले जनताबाट नभई अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्युँतिएको बताएका थिए । त्यस्तै, आफ्नो सरकार गिराउन नेपाल पक्षले भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्