Logo
Logo

सर्वोच्चले भन्यो- डीआईजी श्रेष्ठलाई यथास्थितिमा राख्नु


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते पत्र दिएको थियो ।

त्यसविरुद्ध डीआईजी श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिएका थिए । अन्तरिम आदेशका लागि सर्वोच्चले दुबै पक्षलाई साउन १३ गते छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्