Logo
Logo

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा


दृष्टि संवाददाता


काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा बढाएको छ ।

यसअघिको निषेधाज्ञा आदेश आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको अवधारणाअनुसार नै निषेधाज्ञा रहने भएकाले नियममा भने परिवर्तन नगरिएको बताइएको छ ।

निषेधाज्ञा कायमै रहेता पनि राजधानीको अवस्था भने सामान्य अवस्थाकै जस्तो छ । सरकारले नियम बनाए पनि पालना भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्