Logo
Logo

कोरोनाबाट थप १८ जनाको मृत्यु, २ हजारभन्दा धेरै संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ सय ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कूल १० हजार ५ सय ६९ पीसीआर र ३ हजार २ सय ६५ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ३४ हजार ७ सय ९९ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्