Logo
Logo

‘हेड काउन्ट’अघि यादव समूह गोदावरी रिसोर्टमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को उपेन्द्र यादव समूहका कार्यकारिणी सदस्य र सांसदहरू गोदावरी पुगेका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवादमा सोमबार फैसला गर्दैछ । त्यसको पूर्वसन्ध्यामा यादव समूहका सांसद र कार्यकारिणी सदस्य गोदावारीमा जम्मा भएका हुन् । आयोगले सोमबार ‘हेड काउन्ट’ गरेर जसपा विवाद टुङ्गो लगाउँदैछ ।

निर्वाचन आयोगले सोमबार सबैलाई बोलाएकाले सबै सहभागी हुने तयारी र अन्य विषयमा छलफल गर्न गोदावरीमा जम्मा भएको जसपाका नेता मोहम्मद इश्तियाक राईले जानकारी दिए ।

छलफलका लागि भनेर सांसद र कार्यकारिणी सदस्यलाई गोदावारी पुर्याइए पनि निर्वाचन आयोगमा ‘हेड काउन्ट’ गर्ने क्रममा आफ्ना पक्षधर कार्यकारिणी सदस्य र सांसदहरू अर्को समूहमा नलागून् भनेर अध्यक्ष यादवले उनीहरूलाई गोदावरीको रिसोर्टमा राखेको बुझिएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये यादव पक्षमा ३३ जना छन् । त्यस्तै ३४ मध्ये २ सांसद निलम्बित छन् । बाँकी रहेका ३२ मध्ये २० सांसद यादव पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्