Logo
Logo

रेशम चौधरी निर्वाचन आयोगमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । पार्टी आधिकारितामा विवाद भएपछि आयोगले कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ । त्यसै क्रममा चौधरीलाई जेलबाट आयोग ल्याइएको हो ।

तस्वीर : नागरिक खबर डटकमबाट साभार

कार्यकारिणी समितिका सदस्य रहेका चौधरी जसपाको निलम्बित सांसद हुन् । टिकापुर घटनाका दोषी आरोपमा उनी डिल्लीबजार कारागारमा छन् । पार्टीभित्र अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर समूहबीच पार्टी आधिकारितासम्बन्धी विवाद उत्कर्षमा पुगेपछि चौधरीलाई आयोगमै ल्याएर मत जाहेर गराउने व्यवस्था मिलाइएको हो ।

आयोगमा रहेका यादव र ठाकुर दुवै समूहका नेताहरुले चौधरीलाई स्वागत गरेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार जसपा कार्यकारिणी समितिमा रहेका ५१ सदस्य मध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरिसकेका छन् ।

चौधरीले यादवको पक्षमा हस्ताक्षर गर्ने प्रतिबद्धता यादव समक्ष गरेको दावी गरिएको छ । चौधरीले यादवको पक्षमा हस्ताक्षर गरेमा यादव पक्षमा ३५ जना सदस्य पुग्नेछ ।

जेल प्रशासनसँग समन्वय गरेर चौधरीलाई आयोगमा लगिएको हो । चौधरी आयोग पुग्ने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्