काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ट नेता राजेन्द्र महतोले ओली आफूहरूकाे लागि प्रतिगमनकारी भएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वर्तमान प्रधानममन्त्री शेरबहादुर देउवा र निवर्तामान प्रधनमन्त्री ओली दुवै प्रतिगमनकारी भएको बताएका हुन् । उनले भने, ‘देउवा र ओली दुवै प्रतिगनकारी हुन् । उनीहरुले प्रतिगमनकारी संविधान बनाएका हुन् ।’
उनले निर्वाचन आयोगले जसपा फुटाएको आरोप पनि लगाए । उनले भने, ‘पार्टी आधिकारिकता निर्वाचन आयोगले होइन जनताले दिने हो ।’
उनले उपेन्द्र यादवलाई आफूहरूले पहिले पार्टी एकता गरेर बिजोग हुनबाट जोगाइदिएको बताए । उनले अर्को पार्टी बनाउने वा के गर्ने भन्नेबारे पछि थाहा हुने प्रतिक्रिया दिए।
तत्कालिन प्रधानमन्त्री ओलीले गत जेठ २१ गते मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसबेला महतो उपप्रधानमन्त्री तथा एवम् सहरी विकासमन्त्री बनेका थिए ।
सर्वोच्च अदालतले गत असार २९ गते कांग्रेस सभापति देउवलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने परमादेश दिएसँगै महतोको उपप्रधानमन्त्री पद चैट भएको थियो ।











