Logo

जसपा हेड काउण्ट : यादव पक्षमा ३४, ठाकुर पक्षमा १६ (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवाद सम्बन्धी आज निर्वाचन आयोगमा सनाखत कार्य सकिएको छ ।
जसपा अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरबीच पार्टी आधिकारिता विषयमा चर्किएपछि आयोगले आज ‘हेड काउण्ट’ का लागि कार्यकारिणी समितिमा रहेका ५१ जनालाई आयोगकै कार्यालयमा बोलाएको थियो ।

आयोगमा सम्पन्न सनाखत पश्चात जसपा कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यमा यादव पक्षमा ३४ जना र ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरीले कसैको पक्षमा मतदान नगरी तटस्थ रहेका छन् ।

सनाखत सम्पन्न भएपछि आयोगले अब आधिकारिता सम्बन्धि निर्णय गर्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा सहभागी हुने की नहुने भन्ने विषयमा विवाद हुँदा जसपा दुई धारमा विभाजित भएको थियो ।

अध्यक्ष यादवसहित संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई एक पक्षको नेतृत्व गरिरहेका छन् भने, अर्को पक्षको नेतृत्व ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले गरिरहेका छन् ।

सनाखत पश्चात अध्यक्ष यादवले बाटो विराएकाले आत्मालोचना गरेर आए पार्टीमा सबैलाई ठाउँ दिने बताएका छन् । जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो लगायतका नेताहरुलाई आत्मालोचना गरेर पार्टीमा आउँन उनले आग्रह समेत गरे । विगतमा गरेका कमिकमजोरी तथा गल्तीबारे आत्मालोचना गरेर पार्टीमै फर्किन उनले आग्रह गरेका हुन् ।

यता, वरिष्ठ नेता महतोले निर्वाचन आयोगले आफूहरुको पार्टी विभाजन गरेको आरोप लगाएका छन् । ५१ जना मात्रै पार्टी नभएको बताउँदै उनले सही गलतको फैसला अब जनताले गर्ने बताए ।

कसको पक्षमा को ? (सूची सहित)

यादव समूहमा हस्ताक्षर गर्ने कार्यकारिणी सदस्यहरू

१. उपेन्द्र यादव
२. डा. बाबुराम भट्टराई
३. अशोक राई
४. महेन्द्रराय यादव
५. राजकिशोर यादव
६. गोविन्द चौधरी
७. मृगेन्द्रकुमारसिंह यादव
८. नवलकिशोर साह
९. अमृतादेवी अग्रहरि
१०. रामनरेश राय यादव
११. राजेन्द्रप्रसाद श्रेष्ठ
१२. नवराज सुवेदी
१३. परशुराम खापुङ
१४. युवराज कार्की
१५. रकम चेम्जोङ
१६.रेणुकमारी यादव
१७. मो.लालबाबु राउत
१८. हिसिला यमी
१९. हेमराज राई
२०. गंगानारायण श्रेष्ठ
२१. रणध्वज कन्दङ्वा
२२. रामसहायप्रसाद यादव
२३. डम्मरुबल्लभ खतिवडा
२४. प्रकाश अधिकारी
२५. मो. इस्तियाक राई
२६. दुर्गा सोब
२७. परशुराम बस्नेत
२८. प्रशान्त सिंह
२९. भक्तबहादुर शाह
३०. सुशीला श्रेष्ठ
३१. विजयकुमार यादव
३२. रमेशप्रसाद यादव
३३. गजाधर रोहिता यादव
३४. मनीषकुमार सुमन

ठाकुर समूहमा हस्ताक्षर गर्ने कार्यकारिणी सदस्यहरू

१. महन्थ ठाकुर
२.राजेन्द्र महतो
३ .शरतसिंह भण्डारी
४ .अनिलकुमार झा
५. सर्वेन्द्रनाथ शुक्ल
६. वृषेशचन्द्र लाल
७. जितेन्द्रप्रसाद सोनार
८. उमाकान्त झा
९. चन्दा चौधरी
१०. लक्ष्मणलाल कर्ण
११. राजकुमार लेखी
१२. केशवकुमार झा
१३. अकवाल अहमद साह
१४. दानबहादुर विश्वकर्मा
१५. सुनीलकुमार झा
१६. निर्जला राउत

तटस्थ

रेशम चौधरी

प्रतिक्रिया दिनुहोस्