Logo
Logo

जसपाको आधिकारिकता यादव समूहलाई


दृष्टि संवाददाता

2.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ ।

आज आयोगमा कार्यकारिणी समितिका सदस्यहरुको सनाखत पश्चात आयोगले बुहमत रहेका यादव पक्षलाई आधिकारिकता दिएको हो ।

आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

यादव र महन्थ ठाकुर पक्षमा विवाद भएपछि आधिकारिकताको दावी गर्दै दुवै समूह आयोगमा पुगेका थिए । जसपा कार्यकारिणी समितिमा ५१ सदस्य रहेका छन् । जसमध्ये ३४ जना यादवको पक्षमा र १६ जना ठाकुरको पक्षमा सनाखत गरेका छन् । जेलमा रहेका निलम्बित सांसद तथा कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

आयोगका प्रवक्ता श्रेष्ठका अनुसार जसपाको ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएर आधिकारीकता भने यादव पक्षलाई दिने इजलासले निर्णय गरेको बताए । ‘आयोगको इजलासले उपेन्द्र यादव पक्षलाई बहुमतका आधारमा आधिकारीकता दिने निर्णय गरेको छ । अर्को पक्षलाई दल दर्ताको अवसर दिने भन्ने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भने ।

तर ठाकुर पक्षले कहिलेसम्म दल दर्ता गर्नुपर्ने हो आयोग प्रवक्ता त्यसबारेमा खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्