Logo
Logo

सभामुख र अर्थमन्त्रीबीच भेटघाट


दृष्टि संवाददाता


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको छलफल संघीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित थियो ।

भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद् ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्