Logo
Logo

रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री पाँचकाे जस्तै : सुदन किराती


दृष्टि संवाददाता

64.5k
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव ‘पूर्व श्री पाँच’को जस्तै भएको टिप्पणी गरेका छन् ।

सोमबार संयोजक मीश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ सार्वजनिक गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका थिए ।

मिश्रको उक्त प्रस्ताव संघीय गणतन्त्र नेपालको संविधान विपरित भएको सांसद किरातीले बताएका छन् । यस्ता तत्वहरुलाई तत्काल प्रतिवबन्ध लगाउन पनि सांसद किरातीले सरकारसँग माग गरेका छन् ।

उनले भनेका छन् ‘हिजो गणतन्त्र भन्दा मेरो देशमा मृत्युदण्ड दिइन्थ्यो, निर्वासन गराइन्थ्यो र जेलमा सडाइन्थ्यो । संघीय गणतन्त्र नेपालको संविधानलाई बर्खिलाप गर्ने तत्वलाई तत्काल प्रतिबन्द लागाउन सरकारसँग माग गर्दछु ।’

आफूहरुले ज्यानको बाजि लगाएर ल्याएकाे गणतन्त्र सजिलै नछोड्ने पनि सांसद किरातीकाे भनाइ छ । ‘तपाईं हिटर बालेर सुविधा सम्पन्न शहरको घरमा जन्मदिन मनाउँदा हामी जेलको चिसो सिंढीमा मृत्यु कुरेर बसेका थियौं’, उनले भनेका छन्, ‘हेक्का रहोस् जनताले परिवर्तन सजिलै ल्याएको होइन र सजिलै छोडने छैन ।’

प्रतिक्रिया दिनुहोस्