गृहमन्त्री खाँण निवासमा डन « Drishti News – Nepalese News Portal
Logo

गृहमन्त्री खाँण निवासमा डन


दृष्टि संवाददाता


कामठाडौं । बालकृष्ण खाँण गृहमन्त्री भएपछि कांग्रेस निकट डनहरुको फुर्ती बढेको छ । गृहमन्त्री खाँणको नाम लिँदै केही डनहरु त प्रहरीलाई नै धम्काउन थालिसकेका छन् ।

त्यसो त मन्त्री खाणले पनि आफ्नो निवासमै डनहरुलाई स्वागत गर्न थालेका छन् । पोखराका ललित गुरुङले आइतबार मन्त्री खाणलाई पुल्चोकस्थित निवासमै भेटेर बधाई दिएका छन् । यो दृश्यले प्रहरी अधिकारीहरु चकित भएका छन् ।

उनकै नेतृत्वमा पोखरामा वर्षाैसम्म संगठित रुपमा गुन्डागर्दी चलेको थियो । एलजी ग्रुपका नाममा उनले व्यवसायीलाई आतंकित बनाएका थिए । पटक पटक पक्राउ परे उनी जेल समेत बसे । पछिल्लो पटक २०७५ सालमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरी आक्रामक बनेपछि उनी कांग्रेसका केही नेतालाई प्रभावमा पारेर तरुण दलमा लागेका थिए । हाल उनी तरुण दल लमजुङको नेता बनेका छन् । राजनीतिक आवरणमा उनको गुन्डागर्दी अझै नरोकिएको प्रहरी अधिकारीहरु बताउँछन् । त्यस्ता व्यक्तिलाई गृहमन्त्रीले स्वागत गरेका छन् ।

उनीमात्र होइन कांग्रेस निकट अन्य ‘डन’हरुको समेत चुरीफुरी बढेको छ । काभ्रेली समूहका दावा लामा लगायतको आतंक बढ्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्