Logo
Logo

प्रदेश प्रमुख फेरिँदै, माधव समूहलाई पनि समेट्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख हटाउने तयारी थालेको छ । पहिलो चरणमा पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रमुखहरूलाई हटाउने तयारी थालेको हो ।

सरकारले पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रमुखलाई हटाउने तयारी थालेकाे हो । जानकारीअनुसार यी तीन प्रदेशका प्रमुखलाई बुधबार हटाएर बुधबार नै नयाँ प्रदेश प्रमुख नियुक्त गरिने छ ।

ओली नेतृत्वकाे सरकारले प्रदेश २ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराजलाई नियुक्त गरेको थियो । त्यस्तै गण्डकी प्रदेशमा अमिक शेरचनलाई हटाएर सीता पौडेल र लुम्बिनीमा उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो । शेरचन र परियार माओवादीबाट प्रदेश प्रमुख भएका थिए भने झा काँग्रेसबाट प्रमुख बनेका थिए ।

नयाँ प्रदेश प्रमुख नियुक्ति गर्दा काँग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहलाई समेत भाग छुट्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्