Logo
Logo

उच्च अदालतबाट पनि पूर्वसभामुख महराले पाए सफाइ


दृष्टि संवाददाता


काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।

२०७५ असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कारको आरोम लगाएकी थिइन् । त्यसपछि महरामाथि बलात्कार गरेको अभियोगमा मुद्दा चलेको थियो ।

२०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते उनलाई पक्रा गरेर ५ महिना पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

२०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्