Logo
Logo

गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने माओवादी निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्