काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गरेको छ।