Logo
Logo

सत्ताबाट बाहिरिएको कुण्ठाबाट मुक्त हुन कांग्रेसको सुझाव


दृष्टि संवाददाता


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‌मा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सुझाव दिएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सचेतक भुसालले संसद्का बैठकमा सर्वोच्च लगायतका न्यायालयमा विचाराधीन मुद्दामा एमाले सांसदहरूले बोलेको भन्दै सांसद भुसालले सचेत गराएकी हुन् । उनले भनिन्,‘संविधान, कानुन नमान्ने, अदालतको फैसला नपर्खिने रु विचाराधीन मुद्दालाई बहसको विषय बनाउने होइन ।’

एमालेलाई धैर्यधारण गरेर सरकारबाट बाहिरिएको कुण्ठाबाट मुक्त हुन उनले सुझाव दिइन् । एमालेले आफ्नो अनुभवलाई सही ढंगबाट सदन अगाडि बढाउनमा सदुपयोग गर्नुपर्ने उनले बताइन् ।

सरकाले १५ महिनाका लागि योजना ल्याउनुपर्ने पनि भुसालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्