Logo
Logo

पुष्पलाल राजमार्ग आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


दृष्टि संवाददाता


काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल अर्थात मध्यपहाडी राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुखसहित पाँच जना बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले विज्ञप्ति जारीि गर्दै मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा विगो माग दावी गरेको छ । त्यस्तै तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार आठ सय १८ रुपैयाँ विगो माग गरिएको छ ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको पाइएकाे छ । एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार गरेर भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा हिनामिना गरिएको आयोगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्