Logo
दृष्टिका १० हेडलाइन्स् :

कोरोनाको नयाँ भेरियन्ट पुष्टिदेखि दुई प्रदेश प्रमुखमा नयाँ नियुक्तिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको जानकारी, हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि ।

. पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिए, १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिए, यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त, नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको, संक्रमणबाट थप २० जनाको मृत्यु, १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७ सय ५८ जनाको मृत्यु ।

३. मन्त्रिपरिषद्को बैठकद्वारा दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय, लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद डा. विश्व पौडेल नियुक्त, बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय ।

४. पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही, ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने, लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्कासित, दलको विधान अनुमोदन, संसदीय दलको नेता छान्न समिति गठन ।

५. कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छानबिनका लागि गठन गरिएको समितिले क्रियाशील सदस्यतासम्बन्धी विवादबारेको प्रतिवेदन मंगलबार सभापति शेरबहादुर देउवालाई बुझायो, नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण, तिवेदनअनुसार ४ लाख ९ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण ।

६. पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, निर्माण व्यवसायी महासंघका अध्यक्ष पनि मुछिए, राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित चेनेज ४२ हजार देखि ८८ हजार खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको आरोप ।

७. भारतबाट नेपालमा तेल ओसार्न प्रयोग भइरहेको पेट्रोलियम पाइपलाइनमा समस्या, पर्साको परवानीपुरस्थित पाइपलाइनको भल्बमा समस्या आएपछि तत्काल मर्मत तथा सफाइको तयारी , पाइपलाइन मर्मत हुँदा बाइपास बनाएर आपूर्ति गर्ने तयारी, पाइपलाइन परियोजनाका अनुसार पाइपलाइन मर्मतको काम बुधबारबाट सुरु हुने ।

८. सेयर बजारमा फेरि रेकर्ड, सूचक २९ अंकले बढेर पुग्यो ३०७९ विन्दुमा, कारोबार सवा १५ अर्बको, अर्थमन्त्री शर्मा र अमेरिकी राजदुतबीच भेट, थप कोभिड खोप सहयोग गर्ने अमेरिकाको प्रतिवद्धता, अमेरिकी शेयर बजारमा चिनियाँ कम्पनीहरुको अवस्था नाजुक, साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै मानुषी लघुवित्त, आईपीओ निष्काशन प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा ।

९.जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले बनाए राष्ट्रिय कीर्तिमान, हिट चरणमा एलेक्सले ५३ दशमलव ४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान, प्रशिक्षकको राजिनामाको दोष किन आयो भनेर सत्यतथ्य छानविनका लागि नेम्बाङको एन्फामा निवेदन, भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी–२० स्थगित ।

१०.र, सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु, अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने, अमेरिकाले चिनियाँ नेतृत्वलाई ‘बद्नाम’ गराएको चीनको गुनासो, भारतमा थप ३० हजार संक्रमित, ४१५ संक्रमितको मृत्यु, अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह, अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा ५ हजार बढी मारिए, लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्