Logo
Logo

विद्युत प्राधिकरणले उद्योगीसँग छलफल गर्ने


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउनेबारे छलफल गर्न उद्योगीहरुलाई बाेलाइएकाे हाे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले तयारी थालेकाे हाे ।

प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के गर्न सकिन्छ भनेर बुधबार छलफल कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्