Logo
Logo

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारको तयारी


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुने बताइएको छ ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हाे । गठबन्धनमा आवद्ध जानता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले जसपालाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्