Logo
Logo

बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।

बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उनले भने, ‘आगो निकै ठूलो छ, आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

आगलागी कसरी सुरू भएको खुलिसकेको छैन । चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्