Logo
Logo

सरकारमा सहभागी हुनेबारे जसपा अनिर्णित


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सरकारमा केहि दिनपछि मात्र सहभागी हुने निर्णय गरेको छ ।

बुधबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले सरकारमा सहभागीका लागि सैद्धान्तिक छलफल गरेपछि मात्रै आवश्यक निर्णयमा पुगिने निष्कर्ष निकालेको हो ।

जसपाले गठबन्धनलाई सहयोग गर्दै साझेदारका रुपमा सरकारमा सहभागी हुने भन्दै सरकारमा कसरी र कहिले सामेल हुने भन्ने बारे सैद्धान्तिक छलफल गरेपछि मात्रै टुङ्गो लाग्ने जसपा नेता डम्वर खतिवडाले जानकारी दिए ।

सरकारमा सहभागीका लागि अन्तिम निर्णय हुन केहि दिन लाग्ने उहाले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको नियमावली अनुमोदन गरेको खतिवडाले बताए ।

त्यस्तै अन्य पार्टीबाट जसपामा समाहित भएका नेपाल लोकतन्त्र पार्टी, नेकपा एकीकृत मास्कवादी र लिम्वुवान राष्ट्रिय मञ्चसंग भएको सहमतिलाई बैठकले अनुमोदन गर्दै उक्त दलका नेताहरुलाई जसपामा बिभिन्न जिम्मेवारी दिइएको नेता खतिवडाले बताए ।

बैठक बिहीबार ११ बजे पुन: बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्