Logo
Logo

गण्डकी र लुम्बिनी प्रदेश प्रमुखद्वारा सपथ ग्रहण


दृष्टि संवाददाता


काठमाडाैं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गाेपनीयताकाे सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुखद्वयले सपथ लिएका हुन् ।

दुवैजनालाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्र्रदेश प्रमुखमा नियुक्त गरेको थियो । अमकि शेरचन यसअघि पनि प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा गण्डकी प्रदेशको प्रमुख भएका थिए । तर, ओली नेतृत्वको सरकारमा नै उनलाई पदमुक्त गरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार एउटै व्यक्ति सोही प्रदेशमा प्रदेश प्रमुख हुन नमिल्ने भएकाले शेरचनलाई देउवा नेतृत्वको सरकारले लुम्बिनीको प्रदेश प्रमुख बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्