Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : थप ३८ सयमा कोरोना पुष्टिदेखि शेयर बजारमा रेकर्ड कायमसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८०८ परीक्षणमा ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त, हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुग्यो, थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु, योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुग्यो, भोलिबाट काठमाडौं उपत्यकामा ५० वर्षभन्दा माथिका व्यक्तिलाई कोरोनाविरूद्धको भेरोसेल खोप लगाइने ।

. एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्तावमा नफस्न शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदको माधव नेपाललाई सुझाव, विपक्षी गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन आग्रह, आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने नेपालको प्रतिवद्धता, पार्टी एकताका लागि आफू लचिलो भएपनि ओलीको प्रस्तावमा विश्वास गर्न नसकिने नेपालको प्रतिक्रिया ।

फाइल फाेटाे

३. सांसद पदमा पुर्नवहाली माग गर्दै तत्कालीन माओवादीका चार सांसद पुगे सर्वोच्च अदालत, एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र र साझा उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोले कुनै पार्टीको नेताले आफ्नो पार्टी त्याग गरेको आरोप लगाएकै भरमा पद रिक्त नहुने जिकिर, एमालेको सदस्यता नलिएका कारण एमाले भएको भन्दै सांसद पद खारेज गर्न नमिल्ने पूर्व सांसदहरुको तर्क ।

४. नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप, बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेकाले म्याद थप ।

५. कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी जनाउनका लागि मन्त्री टुंगो लगाउन बसेको जनता समाजवादी पार्टीको बैठक विना निष्कर्ष टुंगियो, केन्द्रीय कार्यकारिणी समितिको बैठकद्वारा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिइयो, बैठकद्वारा नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह)सँग गरेको एकतालाई पनि अनुमोदन, केन्द्रीय सदस्यहरुको नामावली अद्यावधिक गर्न ५ सदस्य रहेको कार्यदल बनाउने निर्णय, कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने ।

६.सर्वोच्च अदालतद्वारा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार, थापालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८, ३२, ३४ का कानूनी प्रावधानबारे सुनुवाइको मौका दिएर प्रदेशसभा सदस्य पदबाट हटाएको पाइएको इजलासको जिकिर ।

७. गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण, मन्त्रिपरिषद् बैठकद्वारा गण्डकीमा सिफारिस गरिएका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा सिफापिरस भएका अमिक शेरचनलाई राष्ट्रपतिले नियुक्त गरेसँगै बुधबार सपथ, सपथसँगै प्रदेश पुगेर पद्भार ग्रहण ।

८. धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा, बुधबारको कारोबारपछि नेप्सेद्वारा इतिहास कायम, नेप्से १५ दशमलव ३० अंकले बढेर तीन हजार ९४ दशमलव ९४ मा पुग्यो, कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ मूल्यमा खरिद बिक्री ।

९. राष्ट्रिय कीर्तिमानसँगै ओलम्पिकमा गौरीकाको यात्रा हिट चरणमा नै समाप्त, राष्टिय कीर्तिमान भने सुधार, अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा कार्यसमितिको आकस्मिक बैठक आह्वान, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुने, महानगरपालिकालाई कर नतिर्ने ठूला करदाताको सूचीमा एनआरटी पनि, नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण जारी ।

१०.र, तालिवान विद्रोही नेताहरू चीन भ्रमणमा, चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता, , जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप, दक्षिण कोरियामा कोरोनाको चौथो लहर, सङ्क्रमितको संख्यामा दैनिक वृद्धि, चीनले बनाएको इस्लामावाद विमानस्थलको छत भारी वर्षले भत्कियो, बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु, अमेरिकी विदेशमन्त्री ब्लिन्केन र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, मिलेर अगाडि बढ्ने प्रतिवद्धता ।

प्रतिक्रिया दिनुहोस्