Logo
Logo

भारतीय एसएसबीका कारण युवा बेपत्ता भएकोमा कांग्रेसको आपत्ति


दृष्टि संवाददाता


काठमाडाैं । दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर भएको घटनालाई अमानवीय र आपत्तिजनक भन्दै दुख व्यक्त गरेका छन् ।

व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगलहुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा काटिदिएपछि ३५ वर्षका युवा जयसिंह धामी वेपत्ता भएका थिए । एसएसबीका जवानले तुइन काटिदिएका उनी नदीमा खसेको समाचारमा जनाइएको छ ।

’नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ,’ शमाले विज्ञप्तिमा भनेका छन् ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्