Logo
Logo

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका जसपा कार्यकारिणी सदस्य एंव सांसद रामसहाय यादवले जानकारी दिए ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो । यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्