Logo
Logo

नयाँ प्रदेश प्रमुख आएसँगै मुख्यममन्त्री फेर्ने विपक्षीको तयारी


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेश सरकारका विपक्षीद दलले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (जसपा) रराष्ट्रिय जनमोर्चा पार्टीका सांसदहरूले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको उल्लेख गर्दै विपक्षी दलले प्रदेश प्रमुखको ध्यानकर्षण गराएका हुन् ।

विपक्षीको ध्यानाकर्षण पत्रमा वैशाख १९ गते सांसद प्रस्तुत अविश्वासको प्रस्ताव सामना नगरी हठात् संसद् अधिवेशन अन्त्य गरी आफै मुख्यमन्त्री नियुक्तिको पत्र लिएको र तीन जना प्रदेश सभा सदस्यको किर्ते हस्ताक्षर गरेको समेत आरोप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सरकारले लुम्बिनीका प्रदेश प्रमुख हटाउँदै अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएसँगै मुख्यमन्त्री पोखरेललाई हटाउने तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्