Logo
Logo

चितवनमा मोहन वैद्य नेतृत्वको माओवादीद्वारा जग्गा कब्जा


दृष्टि संवाददाता


चितवन । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी जिल्ला समिति चितवनले माडीमा जग्गा कब्जा गरेको छ ।

माडी नगरपालिका–२ पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी प्रालिले प्लटिङ गरेको एक सय विघाभन्दा बढी जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो ।

जनताको जमिन भूमाफियाहरूले कौडीको भाउमा किन्ने र करोडौंमा विक्रि गर्ने दलाल प्रवृत्ति मौलाएको भन्दै त्यो हुन नदिने उनीहरूको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासँगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरूको सहभागितामा जग्गा कब्जा गरेको घोषणा गरिएको थियो ।

सम्पूर्ण भूमि राष्ट्रियकरण गर, जमिन माथिको खण्डीकरण वन्द गर, भूमाफियाहरुलाई कारवाही गर लगायतका नारा लेखिएको ब्यानर सहित पार्टीको झण्डा गाडिएको हो ।

यसैबीच, व्यक्तिको निजी जग्गा कसैले अनधिकृत रूपमा कब्जा गर्न नपाइने भन्दै इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले झण्डा र ब्यानर हटाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्