Logo
Logo

एमाले स्थायी कमिटी बैठक जारी, वामदेव पनि सहभागी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरमा बसिरहेको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । शनिबारको बैठकमा पनि पुगेका गौतम एकैछिन बसेर निस्किएका थिए ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने बताइएको छ ।

पार्टी एकता प्रयासलाई अगाडि बढाउने भनेर शनिबार बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । तर आइतबारसम्म पनि नेपाल पक्षसँग कुनै सहमति भएन ।

बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्