Logo
Logo

थप २ हजार ५६८ मा कोरोना पुष्टि, १८ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५ सय ६८ कोरोना संक्रिमत फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ९ सय ८१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल ८ हजार ४०२ पीसीआर र ४ हजार २२३ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्