Logo
Logo

नौ असोजभित्र सबै पालिकाले अधिवेशन सक्ने एमालेको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र महाधिवेशन केन्द्रित छलफल शुरु भएको छ ।

ललितपुरको च्यासल स्थित तुलसीलाल प्रतिष्ठानमा आज बसेको एमाले स्थायी कमिटी बैठकले स्थानिय तहको अधिवेशन ९ असोज भित्र गरिसक्नुपर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले बताए । बैठक भोली ३ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको उनले बताए ।

यसैगरी २४ साउनमा पार्टीको केन्द्रिय कमिटी बैठक बस्ने निर्णय बैठकले गरेको छ । बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद बढदै गईरहेको बेला ओली पक्षिय स्थायी कमिटीले पार्टीलाई एकताबद्ध बनाउँने निर्णय गरेको हो ।

ओली पक्षले बोलाएको बैठक नेपाल समूहका नेताहरुले बहिष्कार गरेका छन् । तर एमाले उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्