Logo
Logo

वीर अस्पतालमा स्वास्थ्यकर्मीमाथि लाठीचार्ज, पाँच घाइते


दृष्टि संवाददाता


काठमाडाैं । वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

विभिन्न ५ सूत्रीय मागसहित धर्ना दिइरहेका कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि कर्मचारीहरुलाई बैठकस्थलबाट निकाल्नका लागि बल प्रयोग गरेको हाे ।

प्रहरीकाे लाठीचार्जबाट ५ जना कर्मचारी घाइते भएका छन् । उनीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

कर्मचारी युनियनले २०७७ साल भदौदेखिको कोभिड भत्ता, असोजदेखिको सेवा विस्तार भत्ता र ०७७ सालको औषधि खरिद भत्ताको माग गरेर धर्नामा बसिरहेका छन् । यस्तै उनीहरुले यथाशीघ्र कोभिड–१९ युनिफाइड अस्पताल संचालन हुनुपर्ने र डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई दिएको करोडौंको टेण्डरको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

यस्तै, वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघले एक विज्ञप्ति जारी गर्दै डा. गौतमले फिर्ता नभएसम्म र प्रहरीले माफी नमागेसम्म कडा अन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्