Logo
Logo

जसपाले पदमुक्त गरेका लुम्बिनीका ३ सांसद सर्वोच्‍चमा


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसद पुनर्बहालीको मागसहित अदालत गएका छन् । प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

साउन १५ मा पदमुक्त उनीहरुले पुनर्बहाली र प्रदेश सभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका छन् ।

उनीहरुको निवेदनमा अदालतले साउन १९ का लागि पेसी तोकेको छ । यसअघि पार्टीले सदस्यबाट निष्कासन गरेपछि वैशाख १६ मा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई पदमुक्त गरेका थिए ।

पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको थियो । उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ । जसको पेसी भदौ १७ मा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्