Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

२५ सयमा काेराेना पुष्टिदेखि दार्चुला घटना छानविन गर्न समितिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुग्यो, कोरोना संक्रमणबाट थप १८ जनाको मृत्युभएसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुग्यो, कोरोनाविरूद्धको खोपको प्रमाणपत्र निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ।

२. साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय, स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन , भदौं २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन, स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय, आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने अध्यक्षा केपी शर्मा ओलीको दावी, पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको तर्क ।

३. कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री पठाउन माओवादीलाई सकस, आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद विस्तार हुनै समस्या, केन्द्रीय कमिटीको बैठकबाट हुन सकेन छलफल, वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक १० दिनपछि सार्ने निर्णय, सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा ल्याउनक लागि पनि सदस्यहरूलाई निर्देशन ।

४. प्रधानन्यायाधीश चोलेन्द्र शमसेरजबराद्वारा विकृति विसंगति विहीन न्यायपालिका सम्बन्धी अध्ययन प्रतिवेदन कार्यन्वयन शुरु, न्यायपरिषदलाई पत्र लेखेर स्वचालित पेशी प्रणाली तत्काल कार्यन्वयनका लागि जिल्ला र उच्च अदालतलाई निर्देशन, मंसिरदेखि सबै अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी चढाइने , न्यायाधीश नियुक्तिको मापदण्डमा समेत अध्ययन समितिले प्रश्न उठाएकाले न्यायपरिषद बैठकबाट विशेष अदालतका अध्यक्षसहित अन्य न्यायाधीश सिफारिस गर्ने प्रक्रिया समेत केही दिन पर सारियो ।

५. सर्वाेच्च अदालतद्वारा लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण माग, प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदनमाथि आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाइयो ।

६. जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसद पुनर्बहालीको मागसहित अदालतमा, साउन १५ मा पदमुक्त उनीहरुले पुनर्बहाली र प्रदेश सभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता , निवेदनमा अदालतले साउन १९ का लागि पेसी तोक्यो, पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन ।

७. तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति, सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन , गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने, १० दिनमा अनुसन्धान गरेर प्रतिवेदन बुझाइने ।

८. बुक बिल्डिङ विधिमार्फत धितोपत्रको प्राथमिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टबाट नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको आरोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु, छोरीको नाममा सेयर किनेको विषयमा धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात, सेयर बजारमा मात्र एक अंकको बृद्धि, सर्वाधिक मूल्य बढ्ने र कारोबार गर्ने सबै जलविद्युत कम्पनी, म्याद गुज्रिएका सामानमा ’रिलेबलिङ’ गर्ने घरमा प्रहरीको छापा, एक सञ्चालक समातिए ।

९.नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छानविनको एकिन बिबरण अगष्टको १० तारिखमा नआएको खण्डमा आफुले नेपाल छोड्ने , सहिद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट हुने पक्का , नेपालमा साफ च्याम्पियनसिप हुने भएकाले पनि लिगको मिती पछाडि धकेलियो, विजेताले ७५ लाख रुपैयाँ पाउने, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य किरण राई प्रवक्ताको जिम्मेवारीबाट अलग हुने तयारीबाट पछि हटे ।

१०.र, भारतमा थप ४१ हजार संक्रमित, ५४२ संक्रमितको मृत्यु, तालिबान लडाकू र अफगान सरकारी सेनाबीच भिडन्त जारी, जापानमा स्वास्थ्य सङ्कटकाललाई निरन्तरता, आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या, टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा आगलागी हुँदा ७ जनाको मृत्यु,अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्ने अमेरिकी संस्थाको चेतावनी ।

प्रतिक्रिया दिनुहोस्