Logo

सिराहामा अत्याधुनिक उपकरणसहितको प्रसूती अस्पताल


Published On : 11 April, 2019


काठमाडौं, २८ चैत ।
भारतीय दुतावासको सहयोगमा सिराहामा अत्याधुनिक उपकरणसहितको अस्पताल निर्माण भएको छ । भारतीय राजदूत मञ्जिवसिंह पुरीले बुधबार अस्पतालको उद्घाटन गरेका छन् ।
चन्द्र नारायण यादब मेमोरियल प्रसुती अस्पताल नाम दिइएको यस अस्पताल २५ शैयाको छ । सुरक्षित मातृत्व तथा बाल स्वास्थ्यमा आधारीत भएर नाफारहित प्रणालीबाट अस्पताल सञ्चालन हुने छ ।


२ करोड ६९ लाख अनुदान सहयोगमा अस्पताल निर्माण भएको हो । जहाँ अल्ट्रा साउण्ड, एक्सरे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी छन् । त्यस्तै तीन डाक्टर कक्ष, एक नर्स कक्ष, आईसियु, सिसियू, मेजर ओटी लगायतका कक्षहरु छन् ।
अस्पतालले सुरक्षित मातृत्व तथा बाल स्वास्थ्यमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्