Logo
Logo

सभामुखको चर्चामा छविलालदेखि विद्या भट्टराईसम्म


4.7k
Shares

काठमाडौं । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाटमा जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै दलहरु पावर सेयरिङमा जुटेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् । दलहरुबीच राष्ट्रपति एमालेले पाउने सहमति भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिबाहेकका अन्य प्रमुख पद कसले पाउने भन्ने विषयमा दलहरु तीव्र छलफलमा लागेका छन् । उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत पद बाँडफाँडको टुंगो लगाउन बाँकी छ ।

तीबाहेक प्रतिनिधिसभाको सभामुख नेकपा एमालेले पाउने निश्चित भएको छ । आइतबार एमाले–माओवादीबीच आधा–आधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको थियो । सो सहमतिबमोजिम पहिलो कार्यकाल एमालेलाई परेको हो ।

एमालेमा चार जना आकांक्षी देखिएका छन् । एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ । यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन ।

चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने पार्टीले निर्णय गर्नेछ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ । सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्