Logo
Logo

कोशी प्रदेशसभा बैठक: विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस


189
Shares

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए ।

उनले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताए ।

मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिए ।

उनले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयनलाई बनाउने बताए ।

उनले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताए ।

विशेष समय

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री पदबाट हटेका १८ दिन बित्दा पनि पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण नगरेकामा गुनासो व्यक्त बताए ।

उनले पूर्वमुख्यमन्त्री काठमाडौँ भैँसेपाटीस्थितका मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि साँचो अहिलेसम्म नदिएकाले लोकतन्त्रलाई बलियो बनाउन र राजनीतिकलाई स्वच्छ बनाउन यस्तो प्रवृत्ति नदेखाउन आग्रह गरे ।

उनले प्रदेशका पूर्वप्रमुख न्यायाधिवक्ता रुपेश कोइराला र मुख्यमन्त्री सचिवालयका कर्मचारी विष्णु खनालले गरेको क्रियाकलाप प्रदेशसभाको सर्वोच्चतालाई अपमान गरेकाले कारबाही हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्