Logo
Logo

राष्ट्रसंघले राख्यो हमास र इजरायललाई कालोसूचीमा


1k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।

इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि राष्ट्रसंघले युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै कालोसूचीमा रोखेको हो ।

इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।

सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरेका छन् भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् ।
इजरायलविरुद्ध निस्किएका विरोध ¥यालीहरूमा सयौँ मानव अधिकारवादीहरु समेत सामेल थिए ।

प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पु¥याएको भन्दै उनीहरूले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम विस्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्