काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन कमलादी काठमाडौँमा जारी छ।

गत आइतबारदेखि सुरू भएको महाधिवेशनको आज चौथो दिन समूहगत रूपमा छलफल गरिएका सुझाव प्रस्तुत गर्ने कार्यक्रम जारी छ। १२ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिहरूले मंगलबार दिएका सुझावहरू टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ।
पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाकाअनुसार मंगलबार १२ वटा समूहले समूहगत रूपमा राजनीतिक, समाजवादी कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान दस्ताबेजमाथि छलफल गरेका थिए।
समूहगत रुपमा गरिएको छलफलका निष्कर्शहरु टोली नेताले बन्द सत्र कार्यक्रममा सुझाव प्रस्तुत गरेका थिए ।