काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित अध्यक्ष माधवकुमार नेपालले निर्धारित समयमा महाधिवेशन समापन गर्न नसकेको बताएका छन् ।
दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले धेरै लामो समयदेखि महाधिवेशन गर्दै आएको र समयमा नै समापन गर्न नसकेको बताए ।

अध्यक्ष नेपालले महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याउने बताएका छन् । केहि नेताहरुले आलोचन गरेपनि एकीकृत समाजवादी जुध्नको लागि र पराजित गर्न एक भएर लाग्ने बताएका छन् ।
उनले केन्द्रीय सदस्यको संख्या २९९ भए पनि आकांक्षीहरु ६ सयभन्दा बढी भएको बताए । “हाम्रो केन्द्रीय कार्यसमितिको संख्या २९९ हो। तर ६ सयभन्दा धेरै आकांक्षी भएकाले हामीले ९३ कार्यसमिति सदस्यको घोषणा गरेका छौं”, अध्यक्ष नेपालले भने, “अब बाँकी शनिबार बस्ने केन्द्रीय कमिटिको बैठकले छुट्याउने छौँ ।”
राष्ट्रिय तथा अन्तराष्ट्रिय नेताहरुले पार्टीको महाधिवेशन सफलताको कामना दिएको भन्दै धन्यवाद दिए ।