Logo
Logo

‘गर्भवती भएको तीन महिना सुरक्षित रहनुपर्छ’


2k
Shares

स्त्री तथा प्रसुती बिशेषज्ञ डा. विणा बस्न्यात तीन दशकदेखि सेवामा सक्रिय छिन् । सन् १९९६ देखि चिकित्सा पेसामा संलग्न विणाले त्रिचन्द्र कलेजबाट आईएससी, कोलकाता मेडिकल कलेजबाट एमबीबीएस र बंगलादेशबाट स्त्री तथा प्रसुतीमा एमबीबीएस, डीजीओ र एफआरसीओजी गरेकी हुन् । बिसं २०४० सालदेखि वीर अस्पतालबाट चिकित्सा पेशा थालेकी विणाले थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती अस्पतालमा १८ बर्ष सेवा गरिन् ।

केही वर्ष बीएण्डबी, धुलिखेल मेडिकल हस्पिटल र ग्राण्ड सिटीमा समेत काम गरेकी विणा भन्छिन्, ‘बाल्यकालमा परिवारका सबैले राम्रो पढनुपर्छ अनि राम्रो र ठूलोमान्छे बन्छ भनेर पढ्न झक्झकाउँथे । त्यही कारण आज यो स्थानमा छु ।’ हाल उनी आफ्नै पुतलीसडकस्थित काठमाडौ क्लििनिक र भ्याली अस्पतालमा व्यस्त छिन् । डा. बीणा बस्न्यातसँग रेजिना पाण्डेले जम्काभेट :

दैनिकजसो महिलाको पीडा देख्नुहन्छ । त्यस्ता दृश्य देखिरहँदा कस्तो अनुभव हुन्छ ?
–म आफैँ महिला भएकाले पे्रग्नेन्सी पीडा कस्तो हुन्छ भन्ने महसुस गरेको, देखेको र भोगेको छु । त्यसका साथै स्त्री तथा प्रसुती क्षेत्रमा बर्षौँदेखि काम गर्दै आएकी छु । महिलाहरुको पीडा देख्द्या मलाई दुःख लाग्छ । तर, आमा बन्न महिलालाई कहाँ सजिलो छ र ? कति महिलाले नौ महिना बेड रेष्टसम्म गर्नुपर्छ । कति महिला खाना खान सक्दैन । महिलाहरुको पीडा र दुखाईलाई बिस्तारै कम हुन्छ भन्दै हौसला दिने गरेकी छु ।

तीन दशकको अवधिमा कति डेलिभरी गराउनुभयो ?
(गनेर साध्य छैन । हजारौँ महिलालाई डेलभरी गराएँ होला । साधारण महिलादेखि धेरै सेलिबे्रटी महिलाहरुको डेलिभरी केस हेरेकी छु ।

धेरैजसो कस्तो समस्या लिएर तपाइँकोमा महिलाहरु आउँछन् ?
-म आफैँ स्त्री रोग बिशेषज्ञ भएकाले हरेक महिलाहरु स्त्री रोग सम्बन्धि नै समस्या लिएर आउँछन् । म कहाँ आउनेहरु गर्भवती हुन नसकेका, गर्भवती भइसकेका, ब्रेस्टका समस्या र पाठेघरका बिरामीहरु हुन्छन् ।

नेपालमा महिलाहरुको स्वास्थ्य समस्या के कस्ता छन् ?
-महिला सम्बन्धि रोगहरु धेरै छन् । इन्फेक्सन सबैभन्दा बढी छ । पाठेघरका रोगहरु त छँदैछ । त्यसका साथै आङ खस्ने समस्या, हात घोडा सुनिने र दुख्ने समस्या र योनीहरु चिलाउने समस्याहरु छन् । पछिल्लो समय आङ खस्ने समस्याको राम्रो उपचार भएकाले कम हुँदैछ ।

गर्भवती महिलामा बढी हुने समस्या के हो ?
गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवतीको सुरुवाती दिनमा खान मन नलाग्ने, बस्न हिँड्न नसक्ने, बान्ता हुने, शरीरलाई नियन्त्रण्मा राख्न गाह्रो हुने समस्याहरु हुन्छ । गर्भवती महिलालाई ट्युमर हुने खतरा पनि हुन्छ । धेरैजसो गभवती महिलालाई औषधी, स्लाइन पानी दिएर बान्ता रोक्ने गरिन्छ । तर, डाक्टरको सुझावअनुसार फलो गर्ने हो भने सबै ठीक हुन्छ ।

एबर्सन गर्दा भविष्यमा समस्या हुन्छ कि हुँदैन ?
-एबर्सन हुने धेरै कारणहरु छन् । गर्भवती महिलाले धेरै धपेडी हुनेगरी काम गर्र्दा, कार्यलयमा चहल पहल नगरी कुर्सीमा बसेर जिउलाई भारी बनाउँदा र कहिलेकहीँ एबर्सन बिना कारण पनि भइदिन्छ । धेरैजसो क्रोमोजोममा बच्चा आफैँ डिफेक्ट भयो भने त्यो बच्चामा सहन सक्ने सम्भावना कम हुन्छ र तुहिने समस्या बढी हुन्छ । एबर्सनपछि रगत धेरै बगिरहने र त्यहि अवस्थामा इन्फेक्सन भयो भने शरीरलाई नै बिगारिदिन्छ । यसबाट बच्न सुरुवाती दिनमै डाक्टरसँग सरसल्लह लिनुपर्छ । खानपान र जीवनशैलीलाई परिवर्तन गर्ने । तीन महिनासम्म शारीरिक सम्बन्ध नराख्ने । गर्भवती भएको तीन महिना सुरक्षित रहनुपर्छ ।

बढीजसो महिनावारी कुन उमेरमा सुक्ने गर्छ र यसको लक्षणहरु के के हुन् ?
–महिलाहरुको महिनावारी रोकिने समय भनेको ४५-४६ देखि ६० बर्षसम्म हो । महिलाको शाररीक क्षमताको आधारमा पनि भरपर्छ । बढी निद्रा लाग्ने, थकान महसुस हुने, गर्मी महसुस हुने र तनाव हुने यसका लक्षण हुन् ।

अहिले गर्भनिरोधक औषधी प्रयोगले के कस्तो असर गर्छ ?
-धेरै पुरुषहरुले श्रीमतीलाई भन्ने गरेका छन्, एक गोली खाइदेउ न । मेरो पेसेन्टहरु पनि भन्छन्- एक गोली खाएपछि झन्झट नै खत्तम । तर, हरेकदिन महिलाले गर्व निरोधक गोली खाँदा समस्याहरु नआउला भन्न सकिन्न । सजिलो उपाय पुरुषले साधन प्रयोग गर्नु नै हो । अर्को कुरा, बच्चाको रहर पुगिसकेको छ भने झन्झट गरिरहनुभन्दा श्रीमान/श्रीमतीबिच सल्लाह गरेर परिवार नियोजन गर्नु धैरै राम्रो हो ।

प्राईभेट क्लिनिक र अस्पतालमा उपचार गराउन किन महँगो ?
–अलिकति महँगो हुन सक्ला । तर, लगानी र समय दिएअनुसार खासै महँगो होइन । पाच ६ सयमा समय मिलाएर चेकअप गर्न पाइन्छ । दौडधुप गर्न पर्दैन । प्राईभेटमा सहजरुपले चेकअप गर्न पाइन्छ ।

पछिल्लो समय डाक्टर र नर्सको लापबाहीका कारण बिरामीको ज्यान गएको खवरहरु आउने गरेको छ नि ?
–कसैले पनि आफ्नो कामलाई वेवास्ता गर्दैन । सबैले काम राम्रो गरौँ भन्ने चाहना हुन्छ । कुनैपनि डाक्टर या नर्सले आफ्नो पेशामा हेलचक्राई गर्दैन र बिरामीलाई दुःख पीडा दिने सोचेको हँुदैन । तर, कहिलेकहीँ बिरामीको अवस्था नै त्यस्तै आइदिन्छ । बिरामीलाई केही हुँदा आफन्तलाई पीडा हुनु स्वाभाविक हो । तर, नबुझिकन आरोप लगाउँदा नर्स र डाक्टरलाई धेरै गाह्रो पर्छ ।

पछिल्लो समय डाक्टर र नर्सहरु बिदेश जान लालायित देखिन्छन् । किन ?
-देशको स्थितिले हो । गर्छु भन्नेहरुलाई पनि यहाँ काम गर्ने वातावरण छैन । बिरामीलाई केही भइहाले पनि डर । लाखौँ लगानी गरेर पढेको हुन्छ, काममा सन्तुष्टि छैन । यस्ता धेरै छन् कारणहरु ।

प्रतिक्रिया दिनुहोस्