Logo
Logo

राजीनामाका लागि तयार रहन मन्त्रीलाई महन्थ ठाकुरको निर्देशन


39.5k
Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिने संकेत गरेका छन् ।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका ​श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशनसमेत दिएका छन् ।

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक-दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।

बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्