काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकमा नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने संभावना रहेको छ ।

नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपी नियुक्त गर्ने बताइएको छ ।
प्रहरीको ३१ औं आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी छन् ।
थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।













