Logo
Logo

विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा



काठमाडौं । विद्रोही तालिबान समूह (लडाकु)ले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान समूहहरुले राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् ।

तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा देखिन्छ । यस्तै अर्को फोटोहरुमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देख्न सकिन्छ ।

‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं’, तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन् ।

विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।

तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपतिले पनि देश छाडेको हल्ला चले पनि उनले आफूले काबुलमात्र छाडेको र अफगानिस्तानमै रहेको बताइएको छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्