Logo
Logo

प्रदेश १ को अधिवेशन २२ असाेजमा बोलाउन सिफारिस



मोरङ । प्रदेश १ सरकारले २२ असोजमा प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले २२ असोजमा अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

उक्त अधिवेशन मुख्यमन्त्री बनेका भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेका आचार्यको पक्षमा ४१ सांसद छन् । विश्वासको मत पाउन आचार्यलाई ६ मत आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्