
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–९मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आइतबार बेलुका पौने ८ बजे मृत्यु भएको जनाइएको छ ।
को९प १७६३ नम्बरको मोटरसाइकलले पैदलयात्री थापालाई हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । उक्त मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–६ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ५२ वर्षीय बमबहादुर राईको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जनाइएको छ ।
को२त ७११ नम्बरको ट्याक्टर हिजो बेलुका करिब पौने ८ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।











