Logo
Logo

खोटाङको दिप्रुङ चुईचुम्मामा एमालेका लोकेन्द्र विजयी


20.9k
Shares

काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्र राई २ हजार ८ सय ३ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचन भएका हुन् ।

उनका निककतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नइन्द्र राईले २ हजार १ सय ६२ र नेकपा माओवादी केन्द्रका गोपालचन्द्र राईले २ हजार ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका अरुणा थापा २७३३ मतसहित विजयी भएकी छन् । लोकेन्द्र राई वडा नम्बर ४ को निवर्तमान वडाअध्य समेत हुन् । निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार जम्मा ७ हजार १ सय ५७ मत खसेको छ भने ६ सय ५१ म तबदर भएको छ ।

७ वडा रहेको पालिकामा नेपाली कांग्रेसले १, २ र ५ मा विजयी हासिल गर्न सफल भएको छ भने नेकपा एमालेले ३, , ६ र ७ को वडाध्यक्षमा विजयी हासिल गर्न सफल भएको निर्वाचन अधिकृत घिमिरले जानकारी दिए ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्