Logo
Logo

प्रदेश १ का मुख्यमन्त्रीलाई शेरधनको प्रश्न : प्रदेश संरचनाको जग कहाँ हाल्नुभएको छ ?



विराटनगर । नेकपा एमाले नेता शेरधन राईले गठबन्धन सरकार कमिसनमा चुर्लम्म डुबेको आरोप लगाएका छन् । प्रदेश १ को मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश संसदमा पहिलोपटक बोल्दै सरकारको आलोचना गरेका हुन् ।

शुक्रबार प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै आफ्नो नेतृत्वले गरेको कामको जस वर्तमान सरकारले लिन खोजेको आरोप लगाए । उनले आफ्नो नेतृत्वकोे सरकारले ल्याएकै नीति कार्यक्रम ल्याएको दावी गरे । गठबन्धन सरकारले काम गर्न नसकेको उनले टिप्पणी गरे ।

‘प्रदेश संरचनाको जग कहाँ हाल्नुभएको छ ? कति वटा ऐन बनाउनु भयो ?’ गठबन्धन सरकारसँग उनले प्रश्न गरे । प्रदेश सरकारले स्थायी राजधानीको संरचना निर्माणका लागि जग्गा खोज्न बनाएको कार्यदलको नियतप्रति समेत उनले शंका गरे ।
मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा जग्गा खोज्न कार्यदल बनाएको थिए । कार्यदलले भूमाफियासँग चलखेल गर्न खोजेको उनको आशंका छ ।

‘जग्गा खोजविनका लागि कर्मचारीको नेतृत्वमा एउटा समिति बनेको थियो, त्यो समिति किन खारेज गर्नुभयो र मन्त्रीको नेतृत्वमा बनाउनु भयो ?’ उनले भने, ‘यसमा रहस्य के छ ? जग्गा खोजविन कसरी भइरहेको छ, कि भूमाफियासँग कुरा मिलेको छैन ?’ पूर्वमुख्यमन्त्री समेत रहेका शेरधनले अधिकांश आफ्नो बोलीमा सरकारमाथि प्रश्न गरे । प्रश्नै प्रश्नमा उनले आफ्नो भाषण सकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्