Logo
Logo

राष्ट्रियसभाको बैठक एमालेद्वारा अवरुद्ध


504
Shares

काठमाडौं । राष्ट्रियसभाको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । शुक्रबारको बसेको दोस्रो बैठक एमालेका सांसदहरूले अर्थमन्त्रीको विरोध गर्दै अवरुद्ध गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउँदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने माग गरेका छन् । अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्